Logo
Logo

‘कोशी प्रदेश’ नाम खारेज गर्न माग गर्दै मण्डलामा प्रदर्शन


1.8k
Shares

काठमाडौं । विभिन्न पहिचानवादी संघसंस्थाले काठमाडौंमा प्रर्दशन गरेका छन् । आइतबार दिउँसो प्रदेश १ को नाम ‘कोशी खारेज’ खारेज गर्न माग गर्दै उनीहरुले काठमाडौंको माइतीघरस्थित मण्डलमा प्रर्दशन गरेका हुन् । उनीहरुले कोशी प्रदेश खारेज गरेर ‘लिम्बुवान किरात’ प्रदेश नामांकन गर्न माग गरेका छन् ।

गत १७ फागुनमा प्रदेश नम्बर १ को नाम प्रदेशसभा बैठकबाट ‘कोशी प्रदेश’ राखिएको थियो । त्यसपछि पहिचानवादीहरुले विरोध प्रदर्शन गर्दै आएको हो ।

नेपाल शेर्पा संघ, किराँत राई यायोक्खा जिल्ला कार्यसमिति भक्तपुर, लिम्बू विद्यार्थी मञ्चलगायतका संघसंस्थाले ‘कोशी प्रदेश’ नाम खारेज गरेर ‘लिम्बुवान किराँत’ राख्न माग गर्दै आएका छन् ।

‘कोशी प्रदेश’ नाम राखेको विरोधमा कोशी प्रदेशमा शनिबारदेखि हड्ताल सुरु भएको छ । तर, अहिलेसम्म प्रदेशसभाले पहिचानवादीको आन्दोलनलाई वेवास्ता गर्दै आएको छ । पहिचानवादीहरुले भने ‘कोशी प्रदेश’ नाम खारेज नभइञ्जेल आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्