Logo
Logo

राष्ट्रिय राजनीतिको नेतृत्व महिलाले लिनुपर्छ : नेता राई


1.1k
Shares

कलैया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य दिनेश राईले राष्ट्रिय राजनीतिको नेतृत्व महिलाले लिने गरी अगाडी बढनुपर्ने बताए ।

बाराको कोल्हवीमा आज एकीकृत समाजवादी निकटको अखिल नेपाल महिला संघ समाजवादी (अनेमसंघ समाजवादी)को नगर स्तरीय महिला भेलालाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य राईले यस्तो बताएका हुन् ।

‘हरेक क्षेत्रमा ३३ प्रतिशत महिला अनिवार्य नै हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर महिलाहरु अहिले हरेक क्षेत्रमा कम्तिमा पनि ५० प्रतिशत हुनु नै पर्छ’ राईले भने, ‘तपाईहरु अब राष्ट्रिय राजनीतिको नेतृत्व पनि गर्ने गरी राजनीतिमा सक्रिय हुन आवश्यक छ ।’

राजनीतिमा सक्रिय भएर बिभिन्न पदको नेतृत्व गरिरहेका महिला नेताहरु पुरुष नेताहरु भन्दा बढी जिम्मेवार, इमन्दार, स्वच्छ देखिएको अनुभव उनले सुनाए । त्यसैले महिलाहरु मुलुकको मुल नेतृत्वमा आएमा राष्ट्रको समृद्धि अवश्य हुनेमा विश्वास व्यक्त गरे ।

अनेमसंघ समाजवादीको कोल्हवी नगर भेलाबाट टिका मैनालीको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा मनोरमा चौधरी, सचिवमा विनिता चौधरी, सदस्यहरुमा परणिया चौधरी, सुष्मा ठोकर ग्यापक, रिता खडका, गिता मैनाली, सुमित्रा चौधरी लगायतका रहेका छन् । भेलामा एकीकृत समाजवादीका केन्द्रीय सदस्य विभा कार्की, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी लगायतको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्