Logo
Logo

विश्वकप लिग २ : पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल


630
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित कुमार पौडेयलले टस जितेर पहिले बलिङ रोजेका हुन् ।

पीएनजीले नेपालविरुद्ध केही बेरमा ब्याटिङ गर्नेछ । सिरिजको दुई खेलमा सहज जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपाललाई आजको खेलमा सहज जित निकाल्ने अवसर छ ।

सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ । त्यसपछि नेपाललाई सिरिजको अन्तिम खेल जिते पुग्नेछ ।

लिग–२ मा नेपाल ३४ खेलमा ३६ अंक जोडेर चौथो स्थानमा छ । पीएनजीले ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा छ । नेपालले विश्वकप लिग–२ को अन्तिम खेलमा मार्च चैत २ मा यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्