Logo
Logo

बौद्धका डिएसपीका कारण प्रहरी बदनाम


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ कात्तिक ।
खराब पृष्ठभुमी भएको अधिकृतलाई महत्वपूर्ण कार्यालयको जिम्मेवारी दिंदा नेपाल प्रहरी बदनाम हुँदै गएको छ । निर्मला पन्त प्रकरणदेखि केही दिनअघि अखिल नेता जोडिएको घटनामा प्रहरी कार्यालयको नेतृत्वकै कारण प्रहरी बदनाम भइरहेको छ ।

भाईटिकाको अघिल्लो दिन माकलबारीमा भएको एउटा बलात्कार घटनामा पनि प्रहरीले पीडितलाई असहयोग गरेको खुलेको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेको बलात्कार घटनामा पीडितले राती नै प्रहरीलाई खबर गरेकोमा प्रहरीले बिहान निवेदन लिएर आउन जवाफ दिएर तर्किएको पीडितको भनाई छ ।
पीडित युवतीले बौद्ध वृत्तमा राती साढे १ बजे फोन गरेकी थिइन् । तर, प्रहरीले बिहान ६ बजे कार्यालयमा आउन भनेर जवाफ दिएको थियो ।
जबकी यस्तो मुद्दामा प्रहरी तत्काल घटनास्थल पुग्नुपर्ने हुन्छ । तर, भोलिपल्ट आउन भनेर प्रहरी पन्छिएको खुलेपछि सिंगो प्रहरी संगठनकै यतीबेला बदनामी भएको हो ।
बौद्ध वृत्तको कमजोर कमाण्डका कारण डिउटीमा रहेका प्रहरीले त्यसरी बलात्कार जस्तो घटनाको अनुसन्धानमा चासो देखाएनन् । बौद्ध वृत्तमा डिएसपी रमेश बहादुर सिंह छन् । जो विगतमा घुससहित पक्राउ परेका प्रहरी अधिकृत हुन् । ‘यस्तै प्रहरी अधिकृतलाई इन्चार्जबाट इन्चार्जमै सरुवा भएपछि संगठनको छवी ध्वस्त त हुने नु थियो,’ महानगरीय प्रहरी कार्यालयका एक अधिकृत भन्छन्,‘प्रहरी नेतृत्वले अझै नसोच्ने हो भने अझै प्रहरीप्रतिको विश्वास गुम्दै जान्छ ।’
देउसी खेल्न बोलाएर अखिलका नेता राईले युवतीलाई बलात्कार गरेका थिए । उनलाई जोगाउन अखिलकै केही नेताहरुलाई लागिसकेका छन् । प्रहरीले समेत आरोपीको पक्ष लिएको आशंका पीडितको आफन्तको छ ।

प्रतिक्रिया दिनुहोस्