Logo
Logo

प्रहरीमा घुसखोरी, ६० हजार घुससहित समातिए नायब निरीक्षक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ कात्तिक ।
घुससहित प्रहरी पक्राउ पर्ने क्रम बढेको छ । बाराको प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवार बिहीबार घुससहित पक्राउ परेका छन् ।

भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग घुसररिसवत् माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाले कलवारलाई सेवाग्राहीबाट रु.६०,०००।– (साठी हजारमात्र) घुसररिसवत् लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित, श्रीराम खाद्य उद्योग अगाडिबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्