काठमाडौँ । सशस्त्र प्रहरी बलमा स्टाफ कलेज पास गरेका अधिकृतमाथि कानुन महाशाखाका एसएसपी युवराज अर्यालले कमजोर कमाण्ड र काम गर्न नजानेको आरोप लगाएका छन् । आन्तरिक छलफल कार्यक्रममा उनले यस्तो गम्भीर आरोप लगाएका हुन् ।
केही दिनअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बृत्तिबिकास सम्बन्धमा प्रतिबेदन पेश गर्न २३ सदस्यीय समिति गठन गरेका थिए । ७२ घन्टाको समय तोकेर समितिलाई जिम्मेवारी दिइएको थियो । सोही समितिले प्रतिबेदन बुझाउने छलफल कार्यक्रममा एसएसपी अर्याल स्टाफ कलेज गरेका अधिकृत माथि खनिएका हुन् ।
ती अधिकृत कमान्डमा रहँदा सन्तोषजनक काम गर्न नसकेको र सिपाहीलाई कारबाही गर्ने सम्मको ढंग नभएको उनको आरोप थियो । स्टाफ कलेज पास गरें भन्ने अनि फिल्डमा सानो काम पनि गर्न आउंदैन भने के सिकियो त भन्दै उनले प्रश्न गरेको एक बरिस्ठ अधिकृतले बताए । स्टाफ कलेज गरेकाले भन्दा नगरेकाले फिल्डमा राम्रो काम गरेको र किताबी ज्ञानले मात्र केही नहुने उनको तर्क थियो ।
स्टाफ कलेजलाई आरोप लगाएकोबारे भर्खरै सो कोर्ष गरेका एक अधिकृत पास गरेर देखाउन चुनौती दिन्छन् । ‘कि आफू पनि पास गरेर देखाउनु प¥यो, नत्र अरुलाई कमजोर भन्न पाइन्न’, ती अधिकृतले भने । सशस्त्र प्रहरीको स्टाफ तालिममा धेरै प्रवेश परीक्षामा नै फेल हुन्छन् । स्टाफ कलेज नगरेका एसएसपीभन्दा माथि बढुवा हुँदैनन् । एसएसपी अर्यालले स्टाफ कोर्स नगरेकाले उनले त्यसको विरोध गरको हुन् ।
उनी त्यतिमा मात्र रोकिएनन्, एपीएफ अस्पतालको समेत आलोचना गरे । आफुले नै संगठन धाने जसरी उनले भनेका थिए – ‘हामी राती ९ बजे सम्म ड्राफको काम गरेर अफिसमै बस्छौं तर अस्पतालमा दिउँसो अलि ढिला भयो भने सेवा पाइदैन ।’
यता सशस्त्रको सवारी शाखाका एसएसपी प्रमोद साहको बदमासी बढेको छ । उनकै कारढा हालै बढुवा भएका डिआइजीहरुले तारा चिह्न राखेको गाडी समेत चढ्न पाएका छैनन् । हालै ९ नम्बर बाहिनी गएका डिआइजी पुरुषोत्तम थापा एसएसपीले चढ्ने तारा नभएको गाडी प्रयोग गरिरहेका छन् ।
‘उहाँ बाहिनी आउनु भएको एक हप्ता भयो तारा चिह्न भएको गाडी देखिएको छैन,’ बाहिनी श्रोतले भन्यो । तिनै साहले महंगा गाडी मुख्यालय परिसरमा खुला आकाशमुनि बेबारिसे राखेको समाचार पटक–पटक प्रकाशित भए पछि अहिले भने ती गाडी टहरामुनी सारिएको छ ।