Logo
Logo

हात हल्लाउँदै अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ कात्तिक ।
स्वास्थ्यमा सुधार भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डि अस्पतालबाट डिस्चार्ज गरिएको छ। बुधबार हस्पिटल भर्ना भएको प्रधानमन्त्री ओलीको २ पटकसम्म मिर्गौलाको डायलाइसिस गरिएको थियो। बुधबार दिउँसो र बिहीबार बिहान गरी २ पटक उनको डायलाइसिस गरिएको हो।


तेस्रो चरणमा समेत उनको डायलाइसिस गर्नुपर्ने र विषयमा चिकित्सकहरूबीच परामर्श भइरहेको बताइएको छ।
यसअघि ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ग्रान्डी अस्पतालका निर्देशक डा चक्रराज पाण्डेले बिहीबार नै उनलाई डिस्चार्ज गरिने बताएका थिए।
प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन ग्रान्डी अस्पतालले बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको अवस्था अहिले सामान्य रहेको बताइएको थियो।

‘प्रधानमन्त्रीज्यू राम्रो अवस्थामा हुनुहुन्छ,’ अस्पतालका मेडिकल निर्देशक डा चक्रराज पाण्डेले पत्रकार सम्मेलनमा भनेका थिए, ‘उहाँ अहिले ‘चियरफुल’ मुडमा हुनुहुन्छ।’

डायलाइसिस समान्य विधि भएको भन्दै डा पाण्डेले भने, ‘यसलाई समान्य रुपमा लिनुहोस्। डाइलायसिसपछि उहाँको स्वास्थ्य स्थिति अझैँ राम्रो भएको छ।’
ओलीलाई ज्वरो बढेकाले रगतको कल्चर समेत गरिएको छ । जसको रिपोर्ट तीन दिनपछि मात्र आउने छ । थप डायलसिसबारे केही दिनपछि निर्णय हुने स्रोत बताउँछ ।
१२ वर्षअघि ओलीको मिर्गाैला डायलसिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्