Logo
Logo

लैंगिक हिंसाविरुद्धको देशव्यापी अभियानमा निस्किँदै मन्त्री थापा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग लैंगिक हिंसा न्यूनिकरणका विषयमा छलफल गर्ने भएकी छन् ।
लैंगिक हिंसाविरुद्ध वर्ष २०७६ को अभियानअन्तर्गत मन्त्री थापा आफैँ सहभागी भएर हिंसा न्यूनिकरणका विषयमा छलफल गर्ने भएकी हुन् । कात्तिक १८ गते १ नम्बर प्रदेशबाट सुरु हुने छलफल सातवटै प्रदेशमा सञ्चालन हुनेछ । छलफलमा मूख्यमन्त्री, प्रदेश सांसदहरु र स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुनेछन् ।
गत जेठ ६ गते मन्त्रिपरिषद्ले २०७६ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा मनाउने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा ‘लैंगिक हिंसा विरुद्धको अभियान वर्ष–२०७६’ घोषणा गरेका थिए ।
घोषणापछि मन्त्री थापाले हिंसा न्यूनिकरणका विषयमा सातवटै प्रदेशमा सामाजिक विकास मन्त्रीहरु तथा सातवटै प्रदेशका उपसभामुखहरु र विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्