Logo
Logo

बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २० जना घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

सप्तरीको रुपनी गाउँपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति एकापसमा ठोकिएर दुर्घटनाग्रस्त लु।१ ख ८२१४ नम्बरको बस र ना।८ ख ५९०३ नं को मालवाहक ट्रक । दुर्घटनामा बसका चालक नोमराज न्यौपानेको मृत्यु भएको छ भने २० जना यात्री घाइते भएका छन । तस्वीर : रासस

राजविराज, १६ कातिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा शनिबार यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा परि बसका चालक स्याङ्जा जगतदेव घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका बस्ने ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको प्रहरी उपरीक्षक तीलक भारतीले जानकारी दिए । दुर्घटनापछि गम्भीर घाइते भएको न्यौपानेको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइए पनि उपचारका क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रुपनी र जिल्ला प्रहरी कार्यालय सप्तरी तथा र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरीको टोली घाइतको उद्धारमा खटिएको थियो ।
काँकडभिट्टाबाट पश्चिम भैरहवातर्फ जाँदै गरेको लु१ख ८२१४ नंको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना८ ख५९०३ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । दुर्घटनाका कारण भने खेलेको छैन ।

प्रतिक्रिया दिनुहोस्