Logo
Logo

पोखरीयाको जंगलमा तीन शव फेला


- दृष्टि न्युज/संवाददाता

0
Shares

बलेवा, १६ कातिक । बागलुङको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जंगलमा शनिबार दुई बालबालिकासहित तीन जनाका शव फेला परेका छन् ।
चन्द्रपुर–३ पोखरीयाको जंगलमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए । गुल्मीतर्फको जङ्गलमा शव फेला परेका गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले बताए ।
अन्दाजी २६ वर्षीया महिला, सात वर्षीय बालक र पाँच वर्षीया बालिकाको शव फेला परेको हो । स्थानीयले घाँस दाउरा गर्नेक्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा गुल्मीबाट प्रहरी टोली पुग्दै गरेको भट्टराईले बताए । ‘नजिकको प्रहरी कार्यालयभन्दा पाँच घण्टा टाढा घटना भएको हो’, उनले भने, ‘प्रहरी पुगेपछि मात्रै उनीहरुको पहिचान हुन्छ ।’ घटनाको विषयमा थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्