Logo
Logo

नेपालमा लोकप्रिय हुँदै माइडिया ब्रान्ड


567
Shares


काठमाडौं । इन्जिनियर्स क्वालिटी नेपालले आयात गर्दै आएको चीनको नम्बर १ ब्राण्ड माइडिया ब्राण्डको डिलर मिटिङ तथा प्रडक्ट लन्च सम्पन्न भएको छ ।


काठमाडौंमा शनिवार सम्पन्न डिलर मिट तथा प्रडक्ट लन्च कार्यक्रममा आयाकर्ता कम्पनी इन्जिनियर्स क्वालिटी नेपाल तथा चिनीया कम्पनी माइडियाका प्रतिनिधिको पनि सहभागिता थियो । सो डिलर मिटिङमा नेपालका सबै प्रदेशमा रहेका माइडियाका डिलरहरुको सहभागिता थियो ।

इन्जिनियर्स क्वालिटीले माइडियाका उत्पादनहरु २०७७ सालदेखि नेपालमा ल्याएर विक्री वितरण गर्न थालेको हो । चीनको नम्बर १ ब्राण्डमा पर्ने माइडियाका उत्पादनहरु उच्च गुणस्तरका मानिन्छन् । संसारका २ सयभन्दा बढी देशमा माइडियाका उत्पादनहरु निर्यात हुने गरेको उत्पादक कम्पनीले जानकारी दिएको छ ।


इन्जिनियर्स नेपालले माइडियाका इलेक्ट्रिक चिम्नी, टाइमर चुल्हो, आइओटी वाटर हिटर, आरओ फिल्टर, आइओटी डिसवासर, वाटर डिस्पेन्सरलगायत सामान आयात गरेर विक्री वितरण गर्ने गरेको छ । माइडियाका सामानहरु नेपालका प्रमुख सबै शहरमा पाइन्छ ।


माइडियाका ्उत्पादनहरु यही गुणस्तरको अन्य कम्पनीका उत्पादनभन्दा करिब २० प्रतिशत सस्तो मूल्य छ । अर्थात उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय सामान पाउनको लागि पनि माइडियाका उत्पादनहरु एक स्मार्ट विकल्प भएको छ ।

कम्पनीले नेपालमा विक्रीपछिको सेवालाई पनि उच्च प्राथमिकतामा राखेको छ । माइडियाका ३ देखि १० वर्षसम्मको वारेन्टी छ । स्पेयर्स पार्टसमा कम मूल्य राखेर थप सुविधा प्रदान गर्ने प्रयास कम्पनीले गरेको छ ।
माइडियाका उत्पादनहरु गुणस्तरीय र प्रभावकारी छन् । जस्तो कि माइडियाको चिम्नीले कमआवाजमा बढी धुवा फाल्छ । ग्यास चुल्होले पनि अरु कम्पनीको चुल्होको तुलनामा २० प्रतिशत ग्यास खपत कम गरेर अरु कम्पनीकोभन्दा प्रभावकारी परफरमेन्स दिन्छ । वाटर हिटरमा छिटै पानी तात्छ भने आरओ वाटर फिल्टरले अरुको भन्दा शुद्ध पानी तान्ने र विद्युत कम खपत गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्