Logo
Logo

छठपर्वको अवसरमा स्थानीय बिदा


- दृष्टि न्युज/संवाददाता

0
Shares

आईतवार विहान नारायणी नदी किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिदै श्रद्धालु भक्तजन ।

परासी, १७ कार्तिक । सद्भाव, समानता र एकताको प्रतीकको रूपमा उल्लासका साथ मनाइने छठपर्वको अवसरमा आज आइतबार पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले आज स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।
नेपाल सरकारले छठपर्वको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठपर्वको मुख्य दिन शनिबार परेको थियो । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन भएको छ । तर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रतालुहरु रातभर जाग्राम बसेको तथा यस पर्वमा ३६ घण्टा व्रत बसेका व्रतालुलाई एक दिन आरामका लागि बिदा गरिएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।
स्थानीय तहले बिदा दिन पाउने अधिकारलाई प्रयोग गर्दै तराईवासीले उत्साहका साथ मनाउने छठपर्वका अवसरमा एक दिन बिदा दिइएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिए । जिल्लाको सदरमुकाम परासीस्थित झरही नदी किनारलगायत जिल्लाका सातै स्थानीय तहमा रहेका नदी, तलाउ, पोखरीमा अस्ताउँदो र उदाँउदो सूर्यलाई अघ्र्य दिएर छठपर्व मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्