Logo
Logo

वृद्धवृद्धाको गुनासो, ‘सरकारले हाम्रो कुरा सुन्नै चाहेन’


- दृष्टि न्युज/संवाददाता

0
Shares

File Photo

काठमाडौं, १७ कार्तिक । सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु अझै असन्तुष्ट छन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले ८ वर्षदेखि संघर्ष गर्दै आएपनि सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायतका माग पूरा हुननसकेको अग्रज सेवा नेपालका उपाध्यक्ष प्रभा लम्सालले गुनासो पोखे ।
‘हामीेले सम्पूर्ण वृद्धवृद्धाको अधिकार प्राप्तिका लागि सडकमा संघर्ष ग¥यौँ, तर त्यसको परिणाम हामीले सोचेजस्तो भएन’, लम्सालले भने । आफ्ना सम्पूर्ण माग पूरा नभएसम्म संघर्ष जारी राख्ने उनले बताए ।
नेपाल सरकारले वृद्धभत्तामा वृद्धि, सार्वजनिक यातायातमा छुट, स्वास्थ्योपचारमा छुटलगायतको नीति ल्याएको छ । तर कार्यान्वयनको पाटो भने फितलो रहेको लम्सालले दुखेसो पोखे । अग्रज सेवा नेपालको संघर्षबाट केही उपलब्धीहरु प्राप्त भएपनि केही उपलब्धी अझै प्राप्त हुन बाँकी रहेको समाज नेपालका अर्का उपाध्यक्ष हरिप्रसाद भट्टराईले बताए ।
‘वृद्धवृद्धा भनेका उपत्यकाभित्र मात्र बस्ने होइनन्’, उनी भन्छन्, ‘अन्य ठाउँमा बस्ने वृद्धवृद्धाले पनि समान अधिकार पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
अग्रज समाज नेपालले समय–समयमा विभिन्न मन्त्रालयसँग वृद्धवृद्धाको हकहितका निम्ति अन्तरक्रिया राख्दै आएको छ । पाँच वर्षभित्रमा रु पाँच हजार वृद्धभत्ता पु¥याउने सरकारको प्रतिबद्धताअनुरुप अहिले रु दुई हजारबाट रु तीन हजार ३०० पुगिसकेको छ ।
स्वास्थ्योपचारका क्रममा काठमाडौँस्थित वीर अस्पतालबाट वृद्धवृद्धालाई ५० प्रतिशत छुटको व्यवस्था गरिए पनि देशभरका वृद्धवृद्धाले कुन–कुन अस्पतालबाट सुविधा पाउने भन्ने सरकारले मस्यौदामा उल्लेख नगरेको समाजका अध्यक्ष महाप्रसाद पराजुलीले बताए ।
सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायत अन्य विविध क्षेत्रमा छुटको व्यवस्थासमेत सरकारले देशव्यापीरूपमा कार्यान्वयनमा ल्याउन नसक्नु लज्जास्पद रहेको उनको ठहर छ । उनी भन्छन्, ‘सरकारले हाम्रो कुरा सुन्नै चाहेन ।’ सरकारले नीति ल्याए पनि कार्यान्वयनको पाटो फितलो रहेको उनको ठहर छ । रासस

प्रतिक्रिया दिनुहोस्