Logo
Logo

माछापुच्छ्रे बैंक र पेट्रोलियम डिलर्स एशोसिएसनबीच डिटिजल भुक्तानीसम्बन्धी सम्झौता


252
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारी एंव पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सम्झौतापश्चात नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग आवद्ध पेट्रोल पम्पहरुले पिओएस, क्यूआरलगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरी ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्ममार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले ग्रिन इकोनोमीलाई टेवा पुर्याउने बैंकको रणनीति अनुरुप बैंकले विभिन्न संघसंस्थाहरु संग समन्वय गरि डिजिटल कारोबारहरुको सम्झौता गरिरहेको जानकारी दिए । उनले वास्तविकरुपमा डिजिटल्ली स्र्माट बैंक बन्ने दीर्घकालिन लक्ष्यका साथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधा तथा सचेतना कार्यक्रमहरु आफ्ना ग्राहकलाई प्रदान गरिरहेको अवगत गराए ।

त्यसैगरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष प्रधानले देशको वार्षिक झण्डै २ खर्वको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा व्यक्त गरे । उनले पेट्रोलियम पदार्थको बिक्री गर्ने विक्रेता एंव खरिद क्रेता दुवै पक्षले क्यूआर कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुदाँ बैंकसँगको सम्झौतापश्चात सहज र सरल रुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफु विश्वस्त रहेको बताए ।

सम्झौतापश्चात बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरु समेत सञ्चालन गर्नेछ । माछापुच्छ्रे बैंकले डिजिटल सेवा प्रदान गरेसंगै दैनिकरुपमा उल्लेख्य मात्रामा नगद कारोबार हुने पेट्रोल पम्पहरुमा खुद्रा पैसाको कारोबारको झन्झट, नक्कली नोटको कारोबार नियन्त्रण तथा नगद व्यवस्थापनमा सहज हुने जनाइएको छ ।

बैंकले डिजिटल कारोबारलाईृ बढावा दिने उद्देश्यका साथ विभिन्न समयमा विभिन्न योजनाहरु सञ्चालन गर्दै आएको छ । सोहि अन्र्तगत हाल बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे मदनेस योजना सञ्चालन गरिरहेको छ । जस अन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस वा इ–कमबाट भुक्तानी गर्दा २३ प्रतिशत वा रु. १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा रु. २२३ सम्म छुट पाउनेछन् । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागू हुने बैंकले जनाएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्