Logo
Logo

मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला नियुक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ कार्तिक । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त भएका छन् । आज आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।
काउन्सिल अध्यक्षको रुपमा कोइरालाको कार्यकाल चार वर्षको हुनेछ । यसअघि काउन्सिलको अध्यक्षमा डा. धर्मकान्त बास्कोटा थिए । डा. बास्कोटाको कार्यकाल गत जेठमा सकिएपछि अध्यक्षको पद रिक्त भएको थियो ।
अध्यक्षमा डा. कोइरालाको नियुक्तिसँगै काउन्सिलमा सुधार हुने अपेक्षा गरिएको छ । चिकित्सकको आचार संहिता, लाइसेन्स, सिपिडी, नक्कली डाक्टरलगायतका विषयमा सुधारका काम डा. कोइरालाले गर्न सक्ने भन्दै सरकारले उनलाई नियुक्त गरेको हो । काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्