Logo
Logo

कांग्रेसका भातृसंगठन लथालिंग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ कात्तिक । नेविसंघ नेतृत्वविहीन भएको ९ महिनासम्म तदर्थ समिति समेत गठन गर्न नसकेको अवस्थामा तरुण दलको कार्यकाल पनि ७ दिनपछि सकिंदैछ । यही कात्तिक २६ गते सदस्यीय तरुण दलको २ बर्षे कार्यकाल सकिंदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघको तदर्थ समितिको अध्यक्षमा सुनसरीका राजीव ढुंगानालाई बनाउन लागेका छन् । तर नेविसंघमा ३२ बर्ष उमेरसम्म मात्र बस्न पाउने विधान बनाएर ४७ बर्षका ढुंगानालाई बनाएमा कुन्दन काफ्लेहरुले आमरण अनसन बस्ने धम्की दिइसकेका छन् । जसका कारण ढुंगानालाई अध्यक्षका रुपमा घोषणा गर्न पनि देउवाले सकेका छैनन् ।

सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघमा काम गरिरहेका तर, तरुण दलको सदस्यसम्म नभएका जीतजंग बस्नेतलाई अध्यक्ष र भूपेन्द्रजंग शाहीलाई महामन्त्री बनाएका थिए । कृष्ण सिटौलाको कोटाबाट उत्तम चापागाईलाई राखिएको थियो । देउवाको कोटाबाट बुद्धि गुरुङ कोषाध्यक्ष मनोनीत भएका थिए । यी चार जनाले पूरा कार्यकालसम्म तरुण दलमा कार्यसमिति बिस्तार नै गर्न सकेनन् । यी चार जनामा पनि अध्यक्ष र महासचिवबीच कहिल्यै पनि मेलमिलाप हुन सकेन । कार्यकालको अन्तिममा त अध्यक्षले महासचिवलाई निकाल्ने र महासचिवले अध्यक्षलाई निस्कासन गरिएका विज्ञप्ति युद्ध नै चलाए ।

शिक्षक संघ, निजामती कर्मचारी युनियन, ट्रेड युनियन कांग्रेस, डेमोक्रेटिक लयर्स एशोसिएसनमा एकपछि अर्को आफ्नो गुटको पराजय बेहोरेपछि देउवा भातृसंगठन र शुभेच्छुक संस्थाहरुको अधिवेशन नै नगरी टीको लगाएर संचालन गर्न थालेका छन् । नेविसंघमा कुन्दनराज काफ्लेले अध्यक्ष जित्ने भएपछि ३२ बर्षे उमेरहदको विधान पार्टीबाटै बनाए । तरुण दलमा पनि भागबण्डा गरी टुंगो लगाए ।

प्रतिक्रिया दिनुहोस्