Logo
Logo

कैलालीमा चार सय ३५ जनालाई ट्राफिक सचेतना प्रशिक्षण


1.3k
Shares


धनगढी । कैलालीमा ट्राफिक नियम पालनामा ट्राफिक प्रहरीले कडाई थालेको छ । मादक पदार्थ सेवन गरेर चलाउने मात्र नभई लेन अनुशासन नमान्नेलाई पनि ट्राफिक सचेतना कक्षा अनिवार्य गरिएको छ । उपत्यका बाहिर लेन अनुशासनमा सचेतना कक्षा पहिलोपटक सुरु गरिएको हो ।


हरेक शुक्रबार कैलालीमा ट्राफिक प्रहरीले यस्तो सचेतना कक्षा लिने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर वीरेन्द्र सिंह जोहारी आफैंले कक्षा लिने गरेका छन् । हालसम्म चार सय ३५ जनो यस्तो कक्षा लिएका छन् । तिव्र गतिमा सवारी चलाउनेलाई पनि जरिवानासँगै ट्राफिक कक्षा अनिवार्य गरिएको छ । यसले नियम मिच्ने प्रवृत्ति र दुर्घटना कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्