काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एआइजी र डिआइजी दुवैले अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण एआइजी दिवेश लोहनी र डिआइजी मसाउद आलम खाँले अवकाश पाएका हुन् । उनीहरुको शुक्रबार बिदाई गरिएको छ ।
नयाँ एआइजी नखटाउँदा कार्यालयमा एसएसपी निमित्त प्रमुख भएका छन् । एसएसपी दिल्लीराज पन्त निमित्त प्रमुख भएका छन् । आइजिपी प्रतिस्पर्धामा रहेका अन्य चार एआइजीलाई सरकारले पदस्थापनको निर्णय गरेको छैन ।
सिआइबीमा पनि एआइजी र डिआइजी दुवैले अवकाश पाएपछि एसएसपी दिनेश आचार्य निमित्त प्रमुख बनेका छन् । एआइजी उत्तमराज सुवेदी र डिआजी मोहन आचार्यले अवकाश पाएका छन् ।
प्रहरी एकेडेमीमा पनि एआइजी सहकुल थापा र डिआइजी नल प्रसाद उपाध्यायले अवकाश पाएका छन् ।