Logo
Logo

राज्यमन्त्रीविरुद्ध १६ करोड ठगीको मुद्दा


- दृष्टि न्युज/संवाददाता

0
Shares

धनगढी, २० कात्तिक ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलसहित ३६ जनाविरुद्ध करोडौं ठगीको अभियोगमा मुद्दा दायर भएको छ ।
कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा ठगी र कागज कीर्ते गरेको भन्दै उनीसहित ३६ जनाविरुद्ध मुद्दा दायर भएको हो ।


मुद्दा कञ्चनपुर जिल्ला अदालतमा परेको हो । अदालतका शाखा अधिकृत नवराज पाण्डेका अनुसार भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशीसमेत गरी १० जनाले साउन ७ गते राज्यमन्त्री रावल सहितका ३६ जना विरुद्ध ठगी र कागज कीर्ते गरेकोसम्बन्धी मुद्दा दर्ता गराएका थिए।

उनका अनुसार रावलसँगै काठमाडौं महानगरपालिका(५ स्थायी घर भएका जनज्योती बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष मनोरथ जोशी, कञ्चनपुरको बेलौरी स्थायी घर भएका क्याम्पस प्रमुख भोलानाथ शर्मा सहितका अन्य ३६ जना सेयर सदस्यले कागज कीर्ते तथा ठगी गरेको उल्लेख छ।

पाल्पा घर भई काठमाडौं महानगरपालिका ११ बस्ने श्रीधर न्यौपाने, काठमाडौं २, नार्गाजुन बस्ने श्यामराज दली, कञ्चनपुर भीमदत्त नगरपालिका ९ बस्ने अम्बादत्त जोशी, सोही नगरपालिकाको वडा नम्बर १८ बस्ने इन्द्रराज बडु, कृष्णबहादुर शाह, धर्मेन्द्र गिरी, विरेन्द्रसिह साउदलाई पनि सो मुद्दामा आरोपी बनाइएको छ। भीमदत्त नगरपालिका १२ बस्ने भवनीप्रसाद पन्त, सोही नगरपालिकाको वडा नम्बर ३ बस्ने खेमलाल घिमिरे र मुना बम, वडा नम्बर २ बस्ने माधवप्रसाद जोशी र शिवदत्त जोशी, वडा नम्बर १८ बस्ने माधवदत्त जोशी, उमा जोशी, हरिराम चौधरी र रामप्रसाद घिमिरे, वडा नम्बर ४ बस्ने माधव जोशी र परमानन्द जोशी, वडा नम्बर ६ बस्ने शंकरदत्त भट्ट, वडा नम्बर १० का सुरेशचन्द्र भट्ट, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ९ बस्ने हरिसिंह खाती, बैतडीको साविक रिम गाविस ९ का केशवदत्त जोशीका विरुद्ध पनि मुद्दा परेको छ।
त्यस्तै भीमदत्तन नगरपालिका १५ का प्रजापती नेगी, वडा नम्बर ३ का विशाल जोशी, लमजुङको साविक विचौर गाविस(१ का मीनप्रसाद दवाडी, कञ्चनपुरको महाकाली नगरपालिका(९ का गजेन्द्रसिह कार्की, भीमदत्त नगरपालिका २ का हजारीसिंह पुजारा, सप्तरीको वनरझुला(७ का नागेन्द्र प्रसाद चौधरी, पर्वतको पकुवा ४ का गंगाधर पौडेल, गुल्मी तम्घासका राजेन्द्र थापा, काभ्रे कुसादेवी २ का दिपाकुमारी हुमागाईं र काठमाडौं ७ का सुरेश ओझा विरुद्ध पनि ठगी र कागजात कीर्ते गरेको आरोप लगाइएको छ।

मुद्दा परेका पर्यटन राज्यमन्त्री प्रकाश रावल, क्याम्पस प्रमुख भोलानाथ शर्मा लगायतका ३६ जना नै क्याम्पसका लगानीकर्ता हुन्। उनीहरुमध्ये अधिकांशले सोही क्याम्पसमा स्थापना कालदेखि नै अध्यापन समेत गराउँदै आएका छन्। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसमा सेयर सदस्यबीच दुई वर्ष पहिलेदेखि सेयरको विषयलाई लिएर विवाद हुँदै आएको थियो।
मुद्दा परेपनि उनीहरु अदालतमा उपस्थित भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्