Logo
Logo

महासंघमा श्रेष्ठ र संघाईबीच प्रतिस्पर्धा


378
Shares

काठमाडौं । सरकारमा बस्नेहरुले श्रीलंकाको जस्तो आर्थिक संकट नेपालमा आउँदैन, क्रमशः अर्थतन्त्र सुदृढ हुँदै गएको दाबी गरे पनि आम नागरिकले अर्थतन्त्र सुदृढ भएको अनुभूति गरेका छैनन् । त्यसमाथि पनि बैंकको लगानीमा स्थापित साना तथा मझौला उद्योगी, व्यवसायीहरु बैंकको ब्याज तिर्न नसकेर ‘आत्महत्या’को बाटो रोज्नुपरेको घटना घटिरहेको छ । तर, अवस्था कस्तो छ भने ‘आत्महत्या’ ‘गर वा मर’ बैंकको बढ्दो ब्याज तिर्नैपर्छ भन्ने मानसिक दबाब जिल्लाका उद्योगी, व्यवसायीले झेलिरहेका छन् ।

यस्तो विषम परिस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदैछ । यही चैत २८–२९ गते हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने हुँदा ठूला घरानाहरु नेतृत्वका लागि लुछाचुडी गरिरहेका छन् । तिनीहरु साना व्यवसायीहरुको समस्याप्रति उदासिन छन् । मुखले साना व्यवसायीहरुको मागप्रति आफूहरु संवेदनशील भएको बताए पनि जिल्लाका व्यापारीहरु भोट बैंकबाहेक केही होइनन् भन्ने मानसिकतामा देखिन्छन् ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने हुँदा चन्द्र ढकाल पछाडिको अध्यक्ष बन्न अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् । यी तीन जनाबीच अहिलेसम्म स्वच्छ प्रतिस्पर्धा छ । सभ्य तरिकाले आ–आफ्नो चुनावी मैदानमा उत्रिएका छन् । मिलाउन सके यी तीन जनामध्ये एक जना निर्विरोध वरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना पनि उत्तिकै छ । तर, केही बिचौलियाहरु लड्डु लडाएर झिल्ली झार्ने दाउमा छन् ।

यी तीन जना वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले ५० प्रतिशत मत ल्याउन सकेनन् भने दोस्रो चरणको निर्वाचनबाट दुईमध्ये एक जना वरिष्ठ उपाध्यक्ष चयन हुने विधानमा व्यवस्था छ । यदि, दोस्रो चरणमा जानुप¥यो भने पैसा, शक्तिको ठूलो दुरुपयोग हुने पक्का छ ।

त्यसैले तीन जनाबीच सर्वसम्मत हुनुपर्छ भन्ने कुरामा नगर÷जिल्लाको ठूलो दबाब छ । त्यही दबाब दिनकै लागि सातवटै प्रदेशले सर्वसम्मतरुपमा प्रदेशको नेतृत्व चयन ग¥यो । अब सात प्रदेशका अध्यक्षहरुको थाप्लोमा वरिष्ठ उपाध्यक्ष सर्वसम्मत गराउने दायित्व थपिएको छ । यसमा पूर्वअध्यक्षहरुको पनि उत्तिकै ठूलो भूमिका हुने हुँदा विगतमा जस्तै यसपटक पनि पूर्वअध्यक्षहरुले भूमिका खेल्नुपर्छ । अन्यथा, नेतृत्वको द्वन्द्वले महासंघको भविष्य कमजोर बन्दै जाने छ ।

जिल्ला, नगरका नेतृत्वले पनि आफ्नो समस्या समाधान गर्न सर्वसम्मत नेतृत्वका लागि जोड दिनुपर्छ । ‘भेडा बाख्रा’जस्तो कहिले यता, कहिले उता गर्दा महासंघ गलत नेतृत्वको हातमा जाने सम्भावनालाई नकार्न हुँदैन ।

महासंघको इतिहासमा रविभक्त श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठबीच सहकार्य भएको इतिहास पनि छ । यो इतिहासलाई दोहो¥याउने हो भने क्रमशः महासंघभित्र नेतृत्व विकास पनि हुँदै जान्छ । महासंघलाई विकृति र विसंगतिबाट हटाउने सर्वोत्कृष्ट बेला पनि अहिले नै हो ।

अहिलेसम्मको स्थितिमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ अगाडि देखिन्छन् । उनको पछिपछि रामचन्द्र संघाई छन् । तेस्रो पंक्तिमा उमेशलाल श्रेष्ठ देखिन्छन् । पहिलो चरणमा यी तीनबीच प्रतिस्पर्धा भए पनि दोस्रो चरणमा अन्जन श्रेष्ठ र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा हुने देखिन्छ । त्यसमाथि पनि झिनो मतले अन्जन श्रेष्ठ अगाडि भएको तथ्यांकले देखाएको छ ।

श्रेष्ठको जिल्ला÷नगरमा बलियो पकड बन्दै गएको छ । श्रेष्ठलाई सर्वसम्मत उपाध्यक्ष बनाउन महासंघमा लामो समयदेखि योगदान पु¥याएका किशोर प्रधानलगायतका हस्तीहरु सक्रिय भएर लागेका छन् । त्यसैले सर्वसम्मतको प्रयासमा श्रेष्ठले पहलकदमी लिनुपर्ने महासंघका अधिकांश पदाधिकारीहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्