काठमाडौं, २१ कार्तिक । ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासमा ७५ करोड ३१ लाख नाफा कमाएको छ । चालु आवको पहिलो तीन महिनामा बैंकले कमाएको नाफा गत आवको तुलनामा करिब २० करोडले बढी हो । बैंकले गत आवमा सोही अवधिमा ५३ करोड ५८ लाख नाफा आर्जन गरेको थियो । अहिले पहिलो ३ महिनाको वितरण योग्य नाफा २८ करोड ११ लाख रुपैयाँ रहेको छ ।
बैंकले असोज मसान्तसम्म अवधिमा १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब १८ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । यस बैंकको रेसियो ७८.३६ प्रतिशत पुगेको छ भने आधार ब्याज दर ९.४४ प्रतिशत रहेको छ ।
बैंकको कष्ट अफ फण्ड ७.१३ प्रतिशत रहेको छ भने बैंकको प्रति सेयर आम्दानी २८.८७ रुपैयाँ छ । प्रति सेयर नेटवर्थ १६५.७० रुपैयाँ छ भने खराव कर्जा एक प्रतिशतभन्दा कम रहेको छ ।