Logo
Logo

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनील थापा नियुक्त


1.4k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेसका नेता सुनील थापा नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार आफूलाई सल्लाहकारको पत्र दिएको थापाले जानकारी दिएका हुन् । कांग्रेसका पूर्वसहमहामन्त्री थापा हाल पार्टी केन्द्रीय सदस्य छन् ।

थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्