प्रत्येक बुँदमा कोटी सूर्य बल्ने
सगर अटाउने बुँदहरूको सँगालो
हिमशिखरबाट उद्गम प्रवाह
मेरो माटोमा रसाएको म।
प्रवाह बनेर बगिनै रहे
अनवरत –
कहिले स्थिर रहिन यात्रामा
सबलाई जोड्दै गए
ऊर्जा फागत सकियो
अन्त्यमा म आफै सकिए
अघिल्लो पटक मार्दीलाई हेरिरहँदा टोलाए
यौवन नभोग्दै सेतीमा अस्तित्व गुमेकी
अहिले म्याग्दीलाई हेरिरहेको छु
तातोपानीको छेउबाट
सानी, फुच्ची बहिरहेकी
किनारमा मूल बोकेकी तातोपानीको
त्यो तातो भोग्न आउनेहरूको
रमझम बनेको तातोपानी
म्याग्दी बहिरहेकी, अनभिज्ञ
आफ्नै विलयको निम्ति
रोमाञ्चकारी कालीसँग
यस्तै प्रवाह बोकेको म
जति बढ्दो प्रवाह
त्यति नै अनभिज्ञ म
म विलय भइन
तर हराए कता कता
जति बहे
त्यति नै हराए
गन्तव्य विनाको यात्रामा
त्यसरी नै सकिए
तर मेरो माटोमा
रसाउँदै हराए
बिहीबार, चैत्र १६, २०७९
राम नवमीको दिन
समय– बिहान ४ः५५ बजे
सिङ्गा तातोपानी, म्याग्दी ।