काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सुशासन पार्टीका अध्यक्ष रमेश खरेल र हालै कांग्रेस छाडेका अर्थविद् डा.स्वर्णिम वाग्लेले शनिबार संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । आगामी उपनिर्वाचनको सम्बन्धमा उनीहरुले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
लामिछाने चितवन, खरेल बारा र वाग्ले तनहुँबाट निर्वाचन लड्न लागेका हुन् । उनीहरु एक भएर घन्टी चुनाव चिन्ह्बाट चुनाव लड्न लागेका हुन् । सोही विषयमा जानकारी दिन संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।