Logo
Logo

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण


504
Shares

काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

आइतबार बिहान बालुवाटार पुगेर पीडित परिवारले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा राज्य र विद्रोही दुवै पक्षबाट पीडितलाई समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

साथै उनीहरूले सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोह पक्ष र राज्यपक्षका सबैलाई समान व्यवहार गरी सहिद घोषणा गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्