Logo
Logo

अन्जन श्रेष्ठलाई गण्डकीको समर्थन


378
Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले समर्थन गरेपछि श्रेष्ठको पक्षमा देशैभरि उत्साह जागेको छ । श्रेष्ठले पछिल्लो समय बैंकको ब्याजबाट मारमा परेका जिल्ला÷नगरका व्यापारीहरुको पक्षमा आवाज उठाएकोले पनि श्रेष्ठको पक्षमा राम्रो वातावरण बन्दै गएको छ ।

गत शनिबार पोखरामा आयोजित प्रदेश भेलामा गण्डकी प्रदेशले मात्र होइन, छिमेकी जिल्ला नारायणगढ, बुटवल, नवलपरासी, रत्ननगर उद्योग वाणिज्य संघहरुले पनि वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई समर्थन जनाएका छन् ।

चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न हुने महासंघको साधारणसभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष भएपछि भावी अध्यक्षका लागि वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले उम्मेदवारीको घोषणा गरेका छन् ।

यी तीन जना प्रतिस्पर्धीमध्ये अन्जन श्रेष्ठ र रामचन्द्र संघाईको बीच कडा प्रतिस्पर्धा देखिन्छ । भावी अध्यक्ष ढकालले अप्रत्यक्षरुपमा उमेशलाल श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा समर्थन गरेजस्तो देखे पनि भित्रीरुपमा रामचन्द्र संघाईलाई सघाउने भएको बुझिएको छ । संघाईले पनि चन्द्र ढकालको नेतृत्वलाई सफल बनाउन आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

स्रोतका अनुसार ढकालले वरिष्ठ उपाध्यक्षमा संघाई, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई समर्थन गरेको बुझिएको छ । त्यही रणनीतिअनुरुप अन्जन श्रेष्ठको टिमबाट एशोसिएटबाट उपाध्यक्षको उम्मेदवार बनेकी ज्योत्सना श्रेष्ठले अन्तिममा ‘क्याम्प’ फेरेर संघाई समूहबाट उम्मेदवार बन्ने घोषणा गरेकी छिन् ।

अहिलेसम्मको अवस्थामा अन्जन श्रेष्ठको कोशी प्रदेशमा ५० प्रतिशत, मधेस प्रदेशमा ५० प्रतिशत, लुम्विनी प्रदेशमा ५० प्रतिशत, कर्णाली प्रदेशमा ३५ प्रतिशत र सुदूरपश्चिममा ३० पैतिशत मत रहेको दाबी गरिएको छ । यसबाहेक बागमती प्रदेशको चित्र स्पष्ट हुनसकेको छैन । महासंघको निर्वाचनमा जिल्ला÷नगरको मतभार ५० प्रतिशत भएकोले जिल्लाको मत जता बढी जान्छ उसैले जित्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्