काठमाडौं । गृह मन्त्रालयमा हुँदा आर्थिक चलखेलका कारण विवादमा परेका उपसचिव शोभाकर रेग्मी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको निजी सचिव बन्ने प्रयासमा छन् । हालै रामेछापको सिडिओबाट हटाइएका उनी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा छन् । त्यहाँबाट उनी रक्षामन्त्रीको सचिवालय जाने प्रयासमा छन् ।
गृहमा तत्कालिन मन्त्री बालकृष्ण खाणको निकट भएर उनले आर्थिक चलखेल गरेका थिए । अध्यागमन तथा जिल्ला प्रशासनमा कर्मचारी सरुवा गर्दा आर्थिक लाभ लिएको आरोप लागेपछि मन्त्रालयमा हंगामा मच्चिएको थियो । त्यही क्रममा उनी रामेछापको सिडिओ बनेका थिए । छोटो समयमै सिडिओबाट हटाइएपछि रक्षा मन्त्रालयमा पुगेर सेनाभित्र ठेक्कापट्टाको सेटिङ मिलाउने उनको योजना छ ।
जबकी मिनेन्द्र रिजाल रक्षामन्त्री हुँदादेखि नै उपसचिव सुशील आचार्य निजी सचिव रहँदै आएका छन् । आचार्यलाई हटाएर रेग्मी सचिवालयमा जान खोजेपछि कांग्रेस निकट कर्मचारीले नै विरोध गरेका छन् ।