Logo
Logo

आर्मीमा जागिर खुल्यो


91.7k
Shares

काठमाडौं । काठमाडौं–तराई–मधेश द्रूतमार्ग सडक (फास्ट ट्रयाक) आयोजनाका लागि नेपाली सेनाले कर्मचारी माग गरेको छ । नेपाली सेनाले बिहीबार एक सूचना जारी गर्दै आयोजनाका लागि केही विज्ञसहित १७ जना कर्मचारीका लागि आवेदन मागेको हो ।

आयोजनाका लागि हाइवे डिजाइनरदेखि समाजशास्ती, वातावरणविद्, बायो इन्जिनियर र इन्जिनियरलगायतका कर्मचारी मागिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र दर्खास्त दिनेसक्ने छन् । निवेदन आफ्नो बायोडाटासहित इमेल वा भौतिकरुपमा उपस्थित भएर भद्रकालीस्थित आयोजनाको कार्यालयमा दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्