Logo
Logo

लक्ष्मी बैंक र तिलगंगा आँखा अस्पतालबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौताअनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक रुपले विपन्न पृष्ठभूमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनो ब्लाष्टोमा)को पहिचान र उपचारका लागि रु ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ ।

रटिनो ब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजात शिशु र पाँच वर्षसम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५००० नवजात शिशुमध्ये एकमा यो रोग देखापर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा ज्यान मात्र होइन आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ । नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापी, लेजर थेरापी, प्लेग ब्राकी थेरापी, शल्यक्रियालगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ ।

सुस्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पु¥याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारका लागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो ।

लक्ष्मी बैंक सन् २००२ मा स्थापना भइ क वर्गको वित्तीय संस्था हो । बैंकले आफ्ना शाखा एवं आइटी च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका नेपाल अधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्