Logo
Logo

चितवनबाट १८१ किलो गाँजासहित एक जना पक्राउ


882
Shares

चितवन । राप्ती नगरपालिका(१ लोथरबाट १ सय ८१ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत पुर्वी चम्पारण बिहार रक्सोल-८ बस्ने ३० वर्षीय कुन्दन पटेललाई शुक्रबार बिहान उक्त लागुऔषाधसहित प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले बीआर ०६ जी २१२८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक पटेललाई पक्राउ गरेको हो ।

त्यसैगरी, मोरङको सुनवर्षी नगरपालिका-८ सिक्टी नाकाबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ५ हजार ट्याब्लेटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनवर्षी नगरपालिका-६ रवनपुर बस्ने २६ वर्षीय दिनेश कुमार दास र सोही ठाउँ बस्ने १९ वर्षीय मन्तोश कुमार दास रहेका छन् ।

प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३७ प ८३४१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्