काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कोसी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । कोशी प्रदेशको बेलबारी नगरपालिका वडा नम्बर ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र बैंकका कोशी प्रदेशका प्रमुख राजीव गजुरेलले संयुक्तरुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मेयर राईले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यहाँका बासिन्दाहरुलाई सहज हुने बताए ।
कार्यक्रममा बेलबारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शालिग्राम बस्नेतसमेत उपस्थिति थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष बस्नेतले बैंकको पहँच बाहिर रहेका डाँगीहाट तथा आसपासमा रहेका सेवाग्राही तथा उद्योगी व्यवसायीलाई बैंकिङ सुविधा सहजरुपमा उपलब्ध हुने बताए ।
बैंकका कोशी प्रदेश प्रमुखले सेवाग्राहीहरुलाई एक्सटेन्सन काउन्टरमार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । एक्सटेन्सन काउन्टरमार्पmत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानमा एक्सटेन्सन काउन्टर विस्तार गरिसकेको छ । हाल बैंकले २९६ शाखा कार्यलय र ५१ वटा एक्सटेन्सन काउन्टरमार्फत विशिष्टकृत सुविधा दिँदै आएको छ ।