Logo
Logo

सालकको खपेटासहित ललितपुरबाट २ जना पक्राउ


756
Shares

ललितपुर । ललितपुर महानगरपालिका- १७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध रुपमा वन्यजन्तु मारेर व्यापार गरेको आरोपमा मकवानपुर बागमती गाउँपालिका- ९ घर भई ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावरी नगरपालिका- २ घर भई सोही नगरपालिका-७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङलाई आइतबार बिहान पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्