Logo
Logo

साल्ट ट्रेडिङमा प्रदीपलालको नेतृत्व


693
Shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् । आइतबार बसेको साल्ट ट्रेडिङ कर्पोरेशनको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । उनी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।

यसअघि अध्यक्ष रहेका कल्याण गोविन्द श्रेष्ठले स्वास्थ्यका कारण राजीनामा दिएपछि प्रदीपलालले साल्ट ट्रेडिङको नेतृत्व पाएका हुन् । गत १० चैतमा भएको कर्पाेरेसनको ५६औँ साधरणसभाले प्रदीपलालसहित नारायण दास मानन्धर, राजेन्द्रमान शेरचन, अन्जन श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश कुकार श्रेष्ठ तथा शंकरप्रसाद श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको थियो ।

निजी सरकारी साझेदारीमा स्थापना भएको देशकै ठूलो कम्पनी साल्ट ट्रेडिङले ५० वर्षदेखि जनतालाई सेवा दिँदै आएको छ । उसले सुपथ मूल्यमा खाद्यान्न, ग्याँस तथा कृषिजन्य सामानको बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्