Logo
Logo

बन्दुकसहित हिँड्न थाले डन


7.6k
Shares

काठमाडौं । राजनीतिक आडमा देशमा गुन्डागर्दी फेरि मौलाउन थालेको छ । कतिपय डनहरू खुलेआम बन्दुकसहित हिड्न थालेका छन् ।

नेकपा(एमाले) निकट डन चक्रे मिलन(मिलन गुरुङ) बन्दुकसहित हिड्दा पनि प्रहरी मौन देखिएको छ । नेपालगञ्जमा रहेका गुरुङलाई बन्दुकसँग एक व्यक्तिले स्कर्टिङ गरेको भिडियो यतिबेला टिकटकमा भाइरल भइरहेको छ ।

सोमबारदेखि नेपालगञ्जमा एमाले निकट राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । सो महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेका चक्रेले डन शैली देखाएका हुन् । जहाँ उनी होटलबाट निस्कदा एक व्यक्ति बन्दुक लिएर अगाडि–अगाडि स्कर्टिङ गरिरहेका छन् ।

सो समूहमा राप्ती सोनारी गाउँपालिका–२ का वडाअध्यक्ष ज्ञानेन्द्रराज वली समेत देखिएका छन् । वली पनि गुन्डागर्दीमा संलग्न विवादास्पद वयक्ति हुन् । राजनीति र गुन्डागर्दीको आडमा उनले मुगुवा खोलाको दोहन गर्दै आएका छन् । उनकै सहयोगीले बन्दुक देखाएर स्थानीयलाई तर्साउदै चक्रेलाई स्वागत गरेका थिए । तर, प्रहरी निरिह बनेको देखेर स्थानीय आक्रोशित भएका छन् ।

पछिल्लो समय डनहरु राजनीतिक ओतमा लागेर शक्तिशाली भइरहेका छन् । दीपक मनाङे मन्त्री नै भइसके भने अरु केही सांसद भएका छन् । गुन्डागर्दी गर्दा कमाएको पैसा नेताहरुलाई बुझाएर डनहरु राजनीतिमा लागेका छन् । यसले राजनीतिमा माफियाकरण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्