काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठको टिम प्रतिस्पर्धामा छन् । भोलि हुने निर्वाचनका लागि तीनवटै समूहले आफ्नो प्रचार–प्रसारलाई तीव्र पारेका छन् । सामाजिक सञ्जालमा संघाईको बढी प्रचार देखिन्छ ।
महासंघको विधानअनुसार जिल्ला÷नगरबाट जसले बढी मत ल्याउँछ, उनै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा विजयी हुने भएकोले सबैको ध्यान जिल्ला÷नगरमा केन्द्रित छ ।
जिल्ला, नगर उद्योग वाणिज्य संघका अध्यक्ष र पदाधिकारीहरु कुनै न कुनै राजनीतिक दलसँग आबद्ध भएको हुनाले महासंघको निर्वाचनमा राजनीतिक दलको प्रभाव पनि पर्छ ।
महासंघ स्रोतका अनुसार ७० प्रतिशत मतदाता नेपाली कांग्रेस आबद्ध छन् । बाँकी ३० प्रतिशत एमाले, माओवादी, मधेसवादी र स्वतन्त्र छन् । महासंघमा एमालेको प्रभाव कम छ । कांग्रेसले जता इशारा ग¥यो, उतै विजय हुने देखिन्छ । विगतदेखि चल्दै आएको चलन पनि हो ।
स्रोतका अनुसार कांग्रेस संस्थापन पक्षले अन्जन श्रेष्ठ र कांग्रेसकै इतर पक्ष केहीले रामचन्द्र संघाईलाई सहयोगको आश्वासन दिएको बताइन्छ । बाहिरबाट हेर्दा पनि श्रेष्ठ र संघाईबीच प्रतिस्पर्धा हुने देखिन्छ । भावी अध्यक्ष चन्द्र ढकालले बचन काट्न नसकेर उमेशलाल श्रेष्ठलाई उम्मेदवार बनाएको भए पनि ढकाल खुल्न मिल्दैन । तीन जनामध्ये जो जितेर आए पनि भोलिका दिनमा मिलेर काम गर्नुपर्ने भएकोले ढकाल मौन छन् ।
यद्यपि, ढकाल सर्वसम्मत पक्षमा छन् । सर्वसम्मत भएन र एकै राउन्डमा टुंगिएन भने दोस्रो राउन्डमा ढकालको भूमिका निर्णायक हुनेछ । स्रोतका अनुसार मारवाडी व्यापारी समुदाय भने संघाईको पक्षमा रहेकोले संघाईलाई कमजोर आक्न मिल्दैन । दोस्रो राउन्डमा वरिष्ठ उपाध्यक्षको निर्वाचन भयो भने श्रेष्ठ र संघाईबीच सहमतिको सम्भावना पनि छ ।
स्रोतका अनुसार दोस्रो राउन्डमा अन्जन श्रेष्ठलाई संघाईले समर्थन ग¥यो भने अर्कोपटक श्रेष्ठले संघाईलाई निःशर्त सहयोग गर्ने बताइन्छ । यसो भयोभ ने महासंघभित्र खरिद बिक्री पनि रोकिन्छ । महासंघभित्र खरिद बिक्रीको डरलाग्दो रोग पनि छ । त्यो रोगलाई निर्मूल पार्न र बिचौलियालाई निस्तेज गर्न पनि सहमतिको विकल्प देखिँदैन ।