काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका डिआजीमा आज बढुवा हुने सम्भावना छ । बढुवा समितिको बैठक बस्ने तयारीमा रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
डिआइजीका १३ पदमा १९ डिआइजीबीच प्रतिस्पर्धा छ । कसलाई बढुवा गर्ने सहमति हुन नसक्दा यसअघि बैठक बस्न सकेको छैन ।
बढुवाको प्रतिस्पर्धामा बरियताका आधारमा जनक भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुबेर खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्र मैनाली र कृष्णहरी शर्मा पोखरेल अगाडि छन् ।
साथै चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, विकासराज खनाल, राजेन्द्रसिंह खड्का पनि दाबेदार छ ।
आज सिफारिस नभए खनालले एक सातापछि उमेरहदका कारण अवकाश पाउने भएपछि बैठक बस्न लागेको स्रोत बताउँछ ।