Logo
Logo

नेकपाले टुंग्यायो उम्मेदवारी, कांग्रेस छलफलमै


- दृष्टि न्युज/संवाददाता

0
Shares

बनेपा, २७ कार्तिक । आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुंगो लगाएको छ । धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देवप्रसाद कोइरालालाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा जिल्ला सचिव टोकबहादुर वाइबाले बताए ।
नेपाली कांगे्रसले भने गाउँ तहबाट दनबहादुर केसीको नाम सिफारिश भएर आएपनि क्षेत्रीय समितिबाट टुंग्याउनुपर्ने भएकाले छलफल चलिरहेको जनाएको छ ।
कांग्रेस क्षेत्रीय समितिका सभापति कञ्चनचन्द्र बादेले छलफल गर्न अझै बाँकी रहेकाले दर्ता गर्ने समयसम्ममा टुंगो लाग्ने बताए । धुलिखेल नगरपालिका–२ का लागि हुने निर्वाचनमा एक हजार ८७७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकृत उमेश राईका अनुसार सो निर्वाचनमा महिला ९४९ र पुरुष ९२८ ले मतदान गर्न पाउनेछन् । निर्वाचनका लागि सेतीदेवी माविलाई मतदानस्थल तोकिएको छ । सो स्थलमा दुई मतदान केन्द्र रहेको निर्वाचन अधिकृत राईले बताए ।

निर्वाचन तालिका अनुसार आज बुधबार उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै भोलि बिहीबार उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तथा मङ्सिर १ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत राईले बताए ।

प्रतिक्रिया दिनुहोस्