काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ र छैटौँ वार्षिक सााधारणसभा २०७९ चैत २९ गते याक एण्ड यती होटल दरबारमार्ग काठमाडाँमौ सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाबाट आव २०७७÷७८ र २०७८÷७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७७÷७८ र २०७८÷७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरण प्रतिवेदन पारित गरिएको छ ।
उक्त साधारणसभाबाट आव २०७९÷८० को लागि लेखापरीक्षक केपीआर एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्तावसमेत पारित भएको जनाएको छ ।
साधारणसभामा सञ्चालक नीतु क्यालको स्वागत मन्तव्य, सञ्चालक नारायण रुगटाबाट शुभकामना मन्तव्य र सञ्चालक सदस्य किरण केसीले धन्यवाद ज्ञापन गरेका थिए भने कम्पनी सचिव विवेक खरेलले सञ्चालन गरेका थिए ।