Logo
Logo

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरु


315
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।

यो सेवा सुचारु भएसँगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिगमार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्टलगायत स्मार्ट क्युआर नेटवर्कमा आवद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन् ।

रेमिट्याप वालेट मार्फत विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् ।

इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनन्सीयल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्