काठमाडौं । ‘मिस लिटिल नेवा : ११४३’को उपाधि सुज्योति डंगोलले चुमेकी जितेकी छन् । नेप्लिज फेसन होमद्वारा बुधबार काठमाडौंमा आयाेजित प्रतियोगितामा विभुती विद्यामन्दिरमा ९ कक्षामा अध्ययनरत डंगोलले उपाधिसँगै २५ हजार रुपैयाँ नगद पनि प्राप्त गरेकी छन् । साथै, उनले मिस ट्यालेन्टेडको सबटाइटलसमेत जितेकी छन् ।
प्रतियोगितामा पुष्पसदन बोर्डिङ हाईस्कुलमा ८ कक्षामा अध्ययनरत सफिना श्रेष्ठ फस्ट तथा खोप्रिङ इग्लिस एकेडेमीको कक्षा ७ की ग्रीष्मा राजचल सेकेन्ड रनर्सअप भए । फस्ट र सेकेन्ड रनर्सअपले क्रमशः पुरस्कारवापत१५ र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
रोटेरियन, पूर्वप्रमुख इतिहास विभाग एसोसिएटेड प्रोफेसर डा. बिमला शाक्यको सभापतित्व तथा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा अनिका महर्जन मिस ट्यालेन्टेड र मिस डिसिप्लेन, अव्रिशा महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ र वेस्ट स्माइल, वेदान्सी डंगोल सोसियल वेलफेयर एम्बेस्डर चिफ, नीभा कायस्थ सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप र विमिशा डंगोलले वेष्ट नेपाल भाषाको सबटाइटल उपाधि पाएका छन् ।
यस्तै, लुन्जला महर्जन बेस्ट ड्रेस र मिस ट्यालेन्टेड फस्ट रनर्सअप, लुमना महर्जन वेष्ट नेपाल भाषा फस्ट रनर्सअप र मिस फ्रेन्डसिप, रुही महर्जन वेस्ट नेपाल भाषा सेकेन्ड रनर्सअप, इच्छा महर्जन मिस कल्चर, सुहिना श्रेष्ठ मिस पब्लिक च्वाईस, प्राज्ना महर्जन मिस पर्सनालिटी र मिस चार्मिङ, मुखु महर्जन वेस्ट हेयर, विपश्वी मानन्धर वेस्ट स्कीन र नुजला सिंह महर्जन मिस इलिजेन्ट उपाधि विजेता भएका छन् ।
नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार बालिकामा अन्र्तनिहीन प्रतिभा प्रदर्शन गर्न तथा उनीहरुमा नेवारी कला, संस्कृति, भाषा र सभ्यताको ज्ञान अभिबृद्धि गर्न मिस लिटिल नेवाः आयोजना गर्दै आएको बताइन् ।
प्रतियोगिताको प्रमुख निर्णायकमा नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, लिपी गुठीका अध्यक्ष अनिल स्थापित, नेपाल टेलिकमका सिईओ सरोजकुमार शाक्य, साहित्यकार तथा उद्यमी अन्जना ताम्राकार, वल्र्ड नेवा अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, नेपाल भाषा प्रशिक्षक राजु नापित, व्युटिसियन मञ्जु कार्की पाण्डे र फेसन डिजाइनर शोभा महर्जन रहेका थिए ।