Logo
Logo

उपनिर्वाचनमा ‘विप्लव’ नेतृत्व नेकपाको उम्मेदवारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

थबाङ, २७ कार्तिक । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आसन्न उपचुनावमा उम्मेदवारी दिएको छ । १४ मंसिमा हुने उपनिर्वाचनमा ‘विप्लव’ नेकपाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको हो ।
वडाध्यक्षका लागि बुधबार नेकपाबाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कमल रोका र स्वतन्त्र (विप्लव)बाट भद्रबहादुर झाँक्रीले उम्मेदवारी दर्ता गरेका छन् ।
मस्तिष्कघातका कारण थबाङ गाउँपालिका–१, थबाङको वडाध्यक्ष फर्कबहादुर बुढाको गत असारमा निधन भएपछि रिक्त वडाध्यक्ष पदका लागि बुधबार मनोनयन दर्ता भएको हो ।
२०७४ असार १४ गते भएको स्थानीय तह निर्वाचनमा विप्लव नेतृत्वको नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दिवंगत बुढाले तात्कालिन नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ग्रीस पुनलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्