काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी सुदर्शन सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बिहीबार सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति शर्माले सहायक रथी सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सिलवाल चैत्र २४ गते उपरथीमा बढुवा भएका थिए ।
बढुवा भएका उपरथी सिलवाल सैनिक गुप्तचर ईन्टेलिजेन्स महानिर्देशनालय (ईन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन् । सेनामा सैनिक गुप्तचर (इन्टिलेन्स कोर) लाई निकै महत्त्वपूर्ण मानिन्छ ।
कार्यक्रममा प्रधानसेनापति शर्माले महासेनानी दर्जामा पदोन्नती भएका ३ (तीन) जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नती भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।