Logo
Logo

विदेश पठाइदिने भन्दै ६६ लाख ठगी गर्ने २ जना पक्राउ


1.1k
Shares

काठमाडौं । दक्षिण कोरिया पोर्चुगललगायतका देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपामा प्रहरीले २ जना पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले विदेशमा आकर्षक रोजगारीमा लगाइदिने प्रलोभन पारेर ६६ लाख बढी ठगी गरेको आरोपमा उपत्यका कालीकोट घर भई हाल गोंगबु बस्ने सुधनकुमार शाही र अनिल श्रेष्ठलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरूले २२ जनाबाट ५ लाखका दरले रकम उठाइ ठगी गरेको उजुरी परेको थियो । उजुरीका आधारमा उनीहरूलाई गोंगबुबाटै पक्राउ गरिएको हो।

इटली, दक्षिण कोरिया, न्युजिल्यान्ड, पोर्चुगललगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूले रकम लिएर फरार भएका थिए। महिनाको १ लाख बढी कमाइ हुन्छ र आकर्षक सुविधा छ, कार्ड पनि बन्द भन्दै पीडितलाई प्रलोभनमा पारेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ग्रिनलिफ इन्टरनेसनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुधनकुमार शाही र म्यानेजिङ डिरेक्टर अनिल श्रेष्ठलाई पक्राउ गरेको हो। पक्राउ परेका शाही र श्रेष्ठमाथि ठगी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्