भैरहवा । भैरहवा, लुम्विनी क्षेत्रका व्यवसायीहरुले लुम्बिनीस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा तालाबन्दी गरेका छन् ।
लुम्बिनीस्थित आकाश इन्टरनेशनल होटलल एनआईसी एसिया बैंकबाट सुरुमा २ करोड ५० लाख ऋण लिएको थियो । कोभिडका कारण होटल बन्द भएपछि बैंक आफैँले लोन (ऋण)माथि ऋण थपेर ४ करोड ५० लाख पु¥यायो ।
गत वर्षको असार मसान्तसम्म होटलले बैंकको ब्याज ‘क्लियर’ गरेको छ । असारपछि होटललाई ३८ लाख बुझाउन बैंकले ताकेता गर्यो । होटलले १० लाख बैंकलाई बुझायो । बाँकी रकम तिर्ने तयारीमा थियो ।
यसैबीच बैंकका कर्मचारीहरुले केही माफियाहरुसँग मिलेर उक्त होटल कब्जामा लिएपछि भैरहवा, लुम्बिनी क्षेत्रका व्यवसायी आन्दोलित भएको होटल व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले समाजवादी प्रेस संगठनको एउटा कार्यक्रममा बताए ।
अतिथिका रुपमा बोल्दै श्रेष्ठले एनआईसी एसियाजस्तो व्यवसायीमारा बैंकको इजाजत राष्ट्र बैंकले खारेज गर्नुपर्ने माग गरे । उनले भने कोरोनामा ठप्प भएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको छ । यस्तो अवस्थामा बैंकले व्यवसायीलाई सहयोग गर्नुपर्नेमा उल्टै व्यवसायीको सम्पत्ति लुट्ने काम गैरकानुनी हो ।
अब हामीले समस्या समाधान गरेर भैरहवालगायत यस क्ष्ँेत्रका सबै एनआईसी एसिया बैंकको शाखामा तालाबन्दी गर्ने चेतावनी दिए ।