Logo
Logo

बाल विकास समाजलाई सिटिजन्स बैंकको आर्थिक सहयोग


315
Shares

काठमाडौं । सिटिजन्स बैंकले बाल विकास समाजका विधार्थीलाई आर्थिक सहयोग गरेको छ । बैंकले समाजका अथान बालबालिकालाई छात्रवृत्तिस्वरुप आर्थिक सहयोग गरेको हो ।

बैंकले समाजका इन्चार्ज गोविन्द विश्वकर्मालाई आर्थिक सहयोगस्वरुप एक लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

उक्त रकम बाल विकास समाजमा रहेका १०० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्माले जानकारी दिए ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्