काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालालाई वार्षिक शुल्कमा आजीवन १०० प्रतिशत छुटको अफर ल्याएको छ ।
‘नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार’ भन्ने नाराका साथ यो अफर जेठ महिनासम्म सञ्चालनमा आउने जनाएको छ । यो अवधिभित्र डिम्याट खाता खोल्ने हितग्राहीले पनि यस लगानी व्यवस्थापन सेवाको फाइदा आजीवन वार्षिक शुल्कमा १०० प्रतिशत छुट पाउन सक्नेछन् ।
ग्राहकले रु. ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ३ लाख ग्राहकले क्यास, आफ्नो सेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।
क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।
ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि डिम्याट खाता खोली यस योजनामा सहभागी भई आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ ।