Logo
Logo

तनहुँबासीसँग प्रधानमन्त्रीले भने- गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु


945
Shares

दमौली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १० गते हुने उपनिर्वाचनबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई जिताएर पठाउन तनहुँबासीलाई अपिल गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तनहुँ १ बाट भट्टराईलाई जिताएर पठाउन आग्रह गरेका गरेका हुन् ।

सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई अत्याधिक मतले जिताएर पठाउन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो । अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो । शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँसँगै छु । त्यसैले गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, रूख चिन्ह हामी सबैको साझा चिन्ह भइसकेको छ ।’

उनले यसअघि रामचन्द्र पौडेललाई पनि प्रधानमन्त्री बन्नुहुन्छ भनेको स्मरण गर्दै भने, ‘मेरो भनाइ खेर गएन, उहाँ प्रधानमन्त्रीभन्दा पनि ठूलो महामहिम राष्ट्रपतिमा निर्वाचित हुनुभयो ।’ गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा यसै क्षेत्रमा रामचन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल राष्ट्रपति भएपनि उनको स्थानमा यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्