Logo
Logo

गोरखाका १६ जनप्रतिनिधि भारत भ्रमणमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

 

काठमाडौं, ३० कार्तिक । गोरखाका निर्वाचित १६ स्थानीय जनप्रतिनिधिलाई युएनडीपीले भारतको पाँच दिने भ्रमण गराएको छ । नेपालमा भूकम्पपश्चात भारत सरकारको प्रयासस्वरुप पुनर्निर्माणका बारे जानकारी गराउन उनीहरुलाई भ्रमण गराएको हो ।
कार्तिक २६ देखि ३० गतेसम्मको परिचयात्मक भ्रमणका क्रममा भारतमा भूकम्प गएपछिका स्वनिर्माणका अनुभव आदान–प्रदान गर्नु मुख्य उद्धेश्य रहेको नेपालस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
युएनडीपीको साझेदारको रुपमा रहेको ओडीआरसी (अनर ड्राइभन रिकन्स्ट्रक्सन कोलाबेरिटिभ अफ इन्डिया)ले गुजरात र दिल्लीमा भ्रमण समन्वय गरेको हो । भ्रमणमा गोरखाका दु्ई नगरपालिकाका मेयर, उपमेयर तथा गाउँपालिकाका वडाअध्यक्ष र उपाध्यक्ष सहभागी भएका छन् ।
भ्रमणका क्रममा भूजण्ड गुजरात सरकारका कार्यकारीहरुसँग नेपालका प्रतिनिधिहरुले भेटघाट गर्नुका साथै भुजण्डमा भूकम्पपश्चात अपनाइएका स्वनिर्माणका अभ्यासहरुको अवलोकन गरेका छन् ।
दिल्लीमा प्रतिनिधिहरुले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणसँग अन्तरक्रिया गरी भारतको विपद् तयारी, पुर्नस्थापना तथा अनुभवहरुबारे विस्तृत जानकारी लिएका छन् ।
गोरखा जिल्लाको २६,९१२ घरको पुनर्निर्माण गर्न भारत सरकारलले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारको स्वनिर्माणको अवधारणालाई मूर्तरुप दिन युएनडीपीले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्