Logo
Logo

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सुर्य थापा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापा बन्ने भएका छन् । कुन्दन अर्यालको राजीनामा स्वीकृत भएसँगै प्रधानमन्त्री ओलीले नेकपाको केन्द्रीय सदस्य समेत रहेका थापालाई सल्लाहकारमा नियुक्त गरेका हुन् ।
नेकपा नेतृत्व र केही निकट नेतासँगको छलफलपछि प्रधानमन्त्री ओलीले पार्टीको प्रचार विभाग उपप्रमुखसमेत रहेका थापालाई सल्लाहकार नियुक्त गर्ने तयारी गरेका हुन् । थापाले औपचारिक नियुक्ती भने आइतबार हुने बताइएको छ ।
थापा यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदासमेत प्रेस सल्लाहकार बनिसकेका थिए । लामो समय पत्रकारिताको अनुवभ संगालेका थापा एक समय बुधबार साप्ताहिकको सम्पादक थिए ।

प्रतिक्रिया दिनुहोस्