Logo
Logo

ओडीआईमा कुशलको शानदार शतक, ५९ बलमा ९ चौका र ९ छक्का प्रहार


1.3k
Shares

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको दोस्रो खेलमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गर्दै कुशल मल्लले ओमानविरुद्ध शतक प्रहार गरेका छन् । ६० बलमा ९ चौका र ९ छक्कासहित उनले १०१ रन बनाएका हुन् ।

यो मल्लको एकदिवसीय खेलमा करियरकै पहिलो शतक हो । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने छैटौं खेलाडी हुन् । यसअघि नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।

यसअघि एकदिवसीय खेलमा गत फ्रेब्रुअरीमा स्कटल्यान्डविरुद्ध बनाएको ८१ रन उनको उच्च स्कोर थियो । शुक्रबार मल्ल ९ चौका र १० छक्कासहित ६३ बलमा १०८ रन बनाएर आउट भए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आफ्ना दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो। यस्तै कप्तान रोहित कुमार पौडेल पनि २३ रन बनाएर पेबेलियन फर्किए भने भीम सार्की पनि ३३ रन जोडेर आउट भए ।

प्रतिक्रिया दिनुहोस्